महानगर यातायात प्रा.लि.ले नयाँ विद्युतीय बसहरुमार्फत सेवा विस्तार गरेको छ । बुधवारदेखि काठमाडौंको चक्रपथमा गुड्ने गरी १६ वटा विद्युतीय बस सन्चालनमा आएको हो ।३३ सिट क्षमताका नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रीहरुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको छ । उक्त बसहरुमा एकै पटक ७० हाराहारी यात्रीले यात्रा गर्न सक्ने बताइएको छ । शशिला मोटर्सले चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने बताइएको छ । उक्त बसको बजार मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ । अत्याधुनिक र सुविधासम्पन्न बसमा आरामदायी सिट र यात्री सुरक्षाका हरेक प्रबन्ध मिलाइएको शशिला मोटर्स प्रा.लि.ले जनाएको छ ।महानगर यातायात प्रालिले गत वर्ष असारमा १२ वटा विद्युतीय बसहरु काठमाडौंको चक्रपथभित्र...


दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदमस्वरूप शशिला मोटर्स प्रा.लि. ले...

हामी शशिला मोटर्स प्रा.लि. गर्वका साथ घोषणा गर्दछौं कि हाम्रो...

हामी शशिला मोटर्स प्रा.लि. गर्वका साथ घोषणा गर्छौं कि हाम्रो...